Notice

कविता : चिकित्सक नै नरहे !!!

Posted By: Dr Rojee thapaliya on 04/05/2020 09:54:42 pm
2033

तिम्रा भगवान त सुरक्षा कवज,सेना, हतियार गृह योजना बिना युद्धमा सवार हुँदैनन्

म त तिमीले नपत्याएको अमृत नचाखेको,तिमी जस्तै सामान्य जीवन व्यतीत गर्ने मान्छे, तिमीलाई पर्दा हेर्ने म नै ,,
के गर्नु रोगले तिमीलाई समाउँदा,आफ्ना भन्नेले नै छुदैनन्

कोरोना मन्थन गर्दै छौ,,त्यो पनि सुरक्षा कवज बिना,,
कालकुट विष निस्किदै छ,,तर म तिम्रो शिव जस्तो निलकण्ठी पनि बन्न सक्दिन
म जस्तै धेरै मेरा मित्रहरु तिम्रै भगवानको प्रीय भैसके
म तिम्रो भगवानको आफ्नो हुने कि तिम्रो??

सुनेको छु आजकल तिम्रो भगवान छुट्टीमा हुनु हुन्छ,,
कोरोना जस्तै धेरै रोगलाई बेला बेलामा डेट गरिरहनु हुन्छ

चाइना, इट्याली,इरान,स्पेन,आदिका देशको भयाबह इस्तितीले अलिकति पनि तिम्रा आँखा रसाउँदैनन् है
फेस मास्कले बनेका डोबहरुले मनमा दु:खका डोब भर्दैनन् है
डाक्टरहरु थकित्त भएर अस्पताल मै लडेका दृश्य हृदयमा पर्दैनन् है

भाइरस पत्ता लाउनेले आफैले आफ्नो आउँदो जीवन पत्ता लाउन सकेनन्
विवाहको कार्डमा त नाम लेखे,,जीवनमा लेख्न सकेनन्

आफ्नो रोग अरुमा नबाडियोस् भनेर इरानी नर्स आफैं तिम्रो भगवानमा बाडिन्छिन्
डाक्टर देखी नर्स तिमीबाट आफै रोग वरण गर्दै कोही क्वारेन्टाइनमा छन्
कोही हिपोक्रेटको अनुयायी हिप्पोक्रेट्स सँङ्गै वैकुण्ठमा आफ्नो परिवारको चित्कार सुनिरहेका छन्

तिमीलाई रोगले च्यापेर तुलसीको मठमा निकाल्दै गर्दा,,मैले आफ्नो सास निकालेर तिम्रा चल्न छाडेका मुटुमा प्राण भरेको भुल्यौ
है
म अस्पताल बसेर सेवामा तल्लिन रहँदा,
तिमीहरु घर मै बस्नु भनिरहँदा बाहिर निस्किनु पर्छ है
म तिम्रो लागी रोग बोकेर ल्याउने यातायात भएँ है
परिवार मेरा पनि छन्,तिम्रो जस्तै मेरी पनि एउटी छोरी छिन्
बाबा, आमा बिना निदाउदिन भन्छिन्

मेरालागी तिम्रो बहालका ढोका धोका झै बेहाल बनाउने भए है
धामीलाई कुखुरा बोकेर जाने त्यो हात जीवन बचाउनेका टाउको फुटाउने अनि ढाड बजाउने भए है

संसार भरीबाट अस्पताल अनि रोगीका सेवामा होमिएका स्वास्थ्यकर्मीको प्रसंसा भईरहँदा
अरे मेरो गार्जिएन मेरो सरकार
कति बनाउँछौ मेरो मृत्युको परिकार
बरु एकै चोटी खाउ
मैले युद्धमा जान्न भनेर कायरता देखाएकी होइन
एउटा प्यासीले आफ्नो आमासँङ्ग पानी माग्न पाउँदैन र??
म आफैंलाई मारेर अरुलाई कसरी जीवन दिन सक्छु??
मेरो लासबाट अमृत निस्कने भए,, म मृत्यु बनेर अमृत बाँड्थे होला

सुन्छु मैले लगाउने एन्९५ मास्कहरु तिम्रो पो प्यारो भएका छन् रे,तिम्रै नाक मुख छोड्न मान्दैनन् रे!!
आधा उधि कवज लाएर के गर्छु र मैले?
पुरै कवज लाएर पनि देव दैत देखी उपचारमा अनवरत लागिपरेका स्वास्थ्यकर्मीले मृत्यु स्वीकार गरिसके
बरु यहि कपडाको मास्क लाएरै,तिमी जस्तै घर मै बस्छु
आफ्नो रोग बिरामीलाई बाड्न सक्दिन
न त बिरामीबाट घरकालाई..

अनि मैले कवजको निम्ती गुहार माग्दा
तिमीलाई तिम्रो कुर्सी नै मागेको झै गर्छौ
मेरो १० बर्ष दिन रात नभनी लाएर आर्जेको डिग्री १० सेकेन्ड मै खारेज गर्छु भन्छौ
जागिरबाट निलम्बन गर्छु भन्छौं
पुलिस लगाएर हिरासतमा राख्छु भन्छौ

प्रोत्साहन त गर्न सक्दैनौ,,
बिन्ती निरुत्साहित पनि नगरिदेउँ
गुणस्तरीय किट अनि कवजको व्यवस्था गरिदेउ
म नाइँ भन्दै भन्दिन

के गर्नु तिमीलाई द्रव्य मोहले कहिले नछाड्ने
सुरक्षा सामाग्रीमा पनि तिम्रो बक्र दृष्टि परिसक्यो रे
जीवनलाई पनि भ्रष्ट हुँदै भ्रष्टाचार सँङ्गै बेची सक्यौ रे

खैर केही पनि बिग्रेको छैन अझै
तिम्रा सबै मंदिर मस्जिद गुम्बा चर्च बन्द भइ सक्दा
म भगवान अल्लाह फादर आनी बन्दै अस्पताललाई पवित्र बनाउँदै छु
तिम्रा रोगी शरीरमा करुणा राख्दै कोरोना भगाउने यत्न गर्दै छु
मलाई सुरक्षा कवजको खाँचो छ
प्रदशनी गरेर सुरक्षा पोशाक नखर्चिदेउ
स्वास्थ्यकर्मी बाहेक अरुमा नबाडिदेउ
खाना बनाउँदा काम लाग्छ भनेर नराखिदिउ
बिन्ती मलाई बिना कवज युद्धमा नहोमीदेउँ

म मेरो बाबालाई ढाँटेर कति दिन काम गर्न सक्छु
छोरी कवज बिना काम नगर्नु है,,आफुलाई पनि हेर्नु भन्ने मेरा आमाका वचनलाई कति दिन नकार्न सक्छु
बैनीको मृत्युको कारण सरकार बन्दा त्यो दाइको मन कति रुँदो हो
कपडाको मास्कमा काम गर्ने बिराङ्ग्ना दिदी सम्झेर कठै बहिनीको पनि भक्कानो फुट्दो हो

मेरो सुरक्षा ,,सम्पुर्ण राज्यको सुरक्षा
मेरो मृत्यु बिपत को पहाड
म बिना न तिमी बाच्छौ,
न तिम्रो परिवार
न त तिम्रो अभिमान
न त उपयोगी तिम्रा एश्वर्य नै

रात रहे अघ्राक पलाउने बेला छैन
सही निष्पक्षिय निर्णय बेला रहँदै गरिहाल
चेतना भया महामारीमा म मरेर मेरो मात्र ज्यान मर्ने होइन,,
धेरै जीवन एकपछि अर्को मरिरहने छ्न्।।

घिमिरेका कविताका पङ्क्ती सापटी लिँदै भन्छु है
नेपाली हामी रहौला कहाँ ,,नेपालै नरहे,
हतियार कवज बिना मर्छ्न् योद्धा ,युद्ध जितिन्न सेना नै नरहे
उर्जा त्यसै मरेर जान्छ, मनोबल नै नरहे,,
बिरामी तिमी स्वस्थ रहन्नौ कहिले,
महामारीले अझै मारी रहन्छ
चिकित्सक नै नरहे!!
चिकित्सक नै नरहे!!